FLASH NEWS

नेपाल आइडल बिजेता ओडविरुद्ध आफनै पत्निले लगाईन बलात्कारको मुद्दा


नेपाल आवाज २३ चैत्र २०८०, शुक्रबार १२:५८ मा प्रकाशित ७९९ पाठक संख्या

काठमाडौं । नेपाल आइडल बिजेता गायक रवी ओड बिरूद्द पक्राउ पुर्जी जारी भएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दाको बिषयमा उनीविरुद्ध  पक्राउ पुर्जी जारी भएको हो ।

गायक ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको कञ्चनपुरका एसपी चक्रराज जोशीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन् ।

पत्नीले अप्राकृतिक र असहज तरिकाले निरन्तर आफूलाई बलात्कार गर्ने गरेको भन्दै गम्भिर आरोप लगाएकी छन् ।  सो पक्राउ पुर्जी जारी भएसँगै गायक ओड भने फरार छन् । सो घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।