FLASH NEWS

नेपाल ‘ए’ लाई आयरल्यान्ड ‘ए’ ले दियो १७५ रनको लक्ष्य


नेपाल आवाज २३ चैत्र २०८०, शुक्रबार १३:०७ मा प्रकाशित ७२१ पाठक संख्या

काठमाडौं। आयरल्यान्ड ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ सामू १७५ रनको लक्ष्य दिएको छ ।


त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन जोडन सफल भएको हो ।

आयरल्यान्डका लागि गाभिन होएले ५९ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरेका छन । साथै, कप्तान निल रकले ४५, लियम म्याकार्थीले ३५ र पिटर मोरले १७ रन बनाएर मैदानमा उपस्थिति देखाएका थिए ।

नेपालका लागि रिजन ढकाल र साहब आलमले समान तीन, श्याम ढकाल (मौसम) ले दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए । नेपाल यो खेल जित्दै शृंखला बराबरी गर्न चाहन्छ । यदी पराजित भए नेपालले शृंखला पनि गुमाउने छ ।