FLASH NEWS

कोपिलाको उपचार खर्च जुटाउन रेखा थापाको पहल


नेपाल आवाज २४ चैत्र २०८०, शनिबार १५:०८ मा प्रकाशित ९१३ पाठक संख्या

काठमाडौं । सडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छिन्  ।


भारतको पञ्जाबमा भएको दुर्घटनामा घाईते कोपिलाको उपचारको लागि  रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी बताईन्।

एक साताअघि एक कार्यक्रममा सहभागी भएर भारतको पञ्चकुलातिर फर्किनेक्रममा कोपिला चढेको कार ब्रेकफेल भएर दुर्घटना हुँदा उनी घाइते भएकी थिईन् । उनको ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ ।

कम्मरभन्दा मुनिको शरीर चल्दैन । कोपिलाले दर्जनौं नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेकी छन्। रेखाले सबैले सहयोग गरेर उनको ज्यान जोगाईदिन आग्रह गरेकी छिन् । उनीसँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको थियो ।