FLASH NEWS

फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातको भिडन्त


नेपाल आवाज २५ चैत्र २०८०, आईतवार ०७:०५ मा प्रकाशित ८७७ पाठक संख्या

काठमाडौं ।  भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीच हुदै छ । गुजरातको भापिमा हुने यो खेल अपराहन्न २: ४५ बजेदेखी शुरु हुने छ ।


यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।