FLASH NEWS

बालेनको व्यंग्य- अरुलाई के भनम, म आफै खराब छु !


नेपाल आवाज २७ चैत्र २०८०, मंगलवार २०:१९ मा प्रकाशित ११४७ पाठक संख्या

काठमाडौँ ।  काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कवितात्मक व्यंग्य लेखेका छन् ।


उनले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यंग्य गरेको बुझ्न सकिन्छ ।

उनले लेखेका छन्- म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु , राजा खराब भो , म गणतन्त्र आउँदा राजा चाहियो भन्छु , जनतन्त्र हराम भो , म जनता हुँदा नेता बन्न खोज्छु , नेता बन्दा जनता लडाउछु , कम्जोर हुँदा बलियो लाई रोज्छु , बलियो हुँदा आफै हराउछु ! म अरुलाई के भनम ,म आफै खराब छु !!