FLASH NEWS

राप्रपाको प्रदर्शनमा झडप


नेपाल आवाज २७ चैत्र २०८०, मंगलवार २०:२७ मा प्रकाशित ९७३ पाठक संख्या

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ ।


भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको हो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई रोकेको छ ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।