काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो ।लखनउले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
दिल्लीको जितमा जाक फ्रासर म्याकग्रुकले सर्बाधिक ५५ रन बनाएका थिए भने कप्तान ऋषव पन्तले ४१ तथा पृथ्वी शाले ३२ रन बनाएका थिए । त्यस्तै लखनउका बलर रवि विश्नोईले २ विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।
त्यस्तै दिल्लीका बलर कुलदीप यादवले ३, खलिल अहमदले २, इशान्त शर्मा र मुकेश कुमारले एक एक विकेट लिएका थिए । यो दिल्लीको यस सिजनमा दोस्रो जित हो । ६ खेलमा २ जित र ४ हार बेहोरेको छ । त्यस्तै लखनउले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ ।