FLASH NEWS

नारायणी डेभलपमेन्ट बैंककाे वैशाख १८ मा साधारण सभा


नेपाल आवाज २ बैशाख २०८१, आईतवार ०९:०७ मा प्रकाशित १३७५ पाठक संख्या

काठमाडौ ।  नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा वैशाख १८ गते, होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।


यता, लाभांश सम्बन्धी कुनैपनि एजेण्डा नरहेकोले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो हुनेछ । सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको बैंकले जनाएको छ । साथै बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने पनि सभामै घोयाणा गरिनेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।