FLASH NEWS

घटयो सुनको भाउ, तोलाको कति पुग्यो ?


नेपाल आवाज २ बैशाख २०८१, आईतवार ११:२३ मा प्रकाशित ११११ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २२०० ले घटेर १ लाख ३६ हजार ८०० कायम भएको छ ।


यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।