FLASH NEWS

गृहमन्त्री रविको आदेशमा भएको प्रहरी दमनमा घाईते डांगिको निधन


नेपाल आवाज ३ बैशाख २०८१, सोमबार ०९:११ मा प्रकाशित १०५०७ पाठक संख्या

काठमाण्डौ । चैत २७ गते राप्रपाले गरेको शान्तिपूर्ण जनप्रदर्शनमा गृहमन्त्री रवि लामिछानेको आदेशमा प्रहरिले व्यापक दमन गर्दा सख्त घाईते भएका बर्दियाका ठाकुर प्रसाद डांगिको निधन भएको छ ।


उनको टाउकोमा गम्भीर चोट लागेको थियो भने प्रहरिको अश्रुग्याँसबाट निमोनिया पनि देखिएको थियो ।

शान्तिपूर्ण प्रदर्शन जनताको नैसर्गिक हक हुँंदाहुँदै प्रशासनको दमनकै कारण एकजना व्यक्तिको ज्यान गुमेको छ।

केहिदिन अघि मात्रै गृहमन्त्री रविले आन्दोलनमा भएको राज्यको क्षतिको विवरण आन्दोलनकारि शक्तिले भर्नुपर्ने र क्षति रकम राज्यले अशुलउपर गर्ने बताएका थिए ।

यतिखेर प्रश्न उब्जिएको छ । राज्यले रकम अशुलउपर गर्दैगर्दा राज्यको कारण नागरिकको ज्यान जाँदा उक्त ज्यानको मूल्य कस्ले चुकाउँछ ? के राज्यको नागरिकप्रती कुनै कर्तब्य हुँदैन ?

केहिसमय अघि पनि शान्तिपूर्ण प्रदर्शनकै क्रममा श्रममन्त्रीकै अघि दुई युवाको ज्यान प्रहरिले लिँदा हालका गृहमन्त्रीले तत्कालिन गृहमन्त्रीको राजिनामा माग गरेका थिए अब आफ्नै कार्यकालमा भएको राज्यहत्याको पस्चातापमा के रविले पनि राजिनामा देलान ?

राप्रपाको उत्पिडित उथ्थान संघाठनका प्रमुख अमर परियारले यसै घटनाबारे फेसबुकमा यस्तो लेखेका छन् ।

अत्यन्तै दुःखद खबर!!!

चैत २७ गते,आन्दोलनमा घाइते हुनुभएका बर्दियाका ठाकुर प्रसाद डाँगी ज्यूको उपचारको क्रममा दुखद निधन भएको छ, “गृहमन्त्रीज्यु” “प्रधानमन्त्रीज्यू” १७०००+२+१

आन्दोलनमाथि गृहको आदेश,प्रशासनको दमनकै कारण एकजना व्यक्तिको ज्यान गुमेको छ।

मृत आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद् घडीमा सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । ॥ओ३म्॥ “