FLASH NEWS

आज बढयो सुनको भाउ, तोलाको कति पुग्यो ?


नेपाल आवाज ३ बैशाख २०८१, सोमबार ११:२२ मा प्रकाशित ११११ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३७ हजार ५०० कायम भएको छ ।


यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर  प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।