FLASH NEWS

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित


नेपाल आवाज ३ बैशाख २०८१, सोमबार ११:४८ मा प्रकाशित ९२५ पाठक संख्या

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित बनेको छ ।


ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बर्षाले समयमा हुन सकेको छैन । हाल बर्षा रोकिएको र खेल निर्धारित ११: ४५ बजे भन्दा करिब एक घण्टा ढिला शुरु हुने बताइएको छ ।

समुह ए मा रहेको नेपालले यस अघिका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । नेपालले यस अघि मलेसिया र कतारलाई पराजित गरेको थियो । त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

हङकङले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो ।