FLASH NEWS

महालेखापरीक्षकमा सिफारिस राय सर्वसम्मत अनुमोदित


नेपाल आवाज ४ बैशाख २०८१, मंगलवार १४:०० मा प्रकाशित ९८५ पाठक संख्या

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायको नाम अनुमोदन गरेको छ ।


समितिको मंगलबार बसेको बैठकले संसदीय सुनुवाईपछि रायको नाम सर्बसम्मतले अनुमोदन गरेको हो ।

महालेखापरिक्षकमा सिफारिस गरिएका राया २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा काम गरेका थिए ।