FLASH NEWS

जमानत पाउन जेलमा मिठाई खादैछन् केजरीवाल !


नेपाल आवाज ६ बैशाख २०८१, बिहीबार १६:३८ मा प्रकाशित ६७९ पाठक संख्या

काठमाडौँ । हाल जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जानी जानी मिठाई खाएको आरोप लगाइएको छ ।


प्रवर्तन निर्देशनालय (इडी) अदालतमा केजरीवालले जानी जानी मिठाई खाइरहेको आरोप लगाएको हो । सुगरका रोगी रहेका केजरीवालले सुगरको स्तर बढेपछि जमानत लिने रणनीति बनाएर जानी जानी जेलमा मिठाई मगाएर खाइरहेको आरोप लगाएको हो ।

ईडीले केजरीवाललाई टाइप २ मधुमेह भएको तर जेलमा आलु पुरी, आँप र मिठाई खाइरहेको बताएको छ । केजरीवाल मदीरा नीति घोटाला मुद्दामा १८ दिनदेखि तिहाड जेलमा छन् । अदालतले उनलाई घरको खाना खान अनुमति दिएको छ ।

केजरीवालका वकिल विवेक जैनले ट्रायल कोर्टमा केजरीवालका डाक्टरसँग भिडियो कन्फरेन्समार्फत मेडिकल परामर्शको माग गर्दै याचिका दायर गरेका थिए । उनले केजरीवाल टाइप–२ मधुमेहका बिरामी भएको र उनको रगतमा चिनीको मात्रा निरन्तर उतारचढाव हुने तर्क गरेका थिए ।

जवाफमा ईडीले अदालतलाई केजरीवालले जानाजानी तिहाड जेलमा मिठाई खाइरहेको बताएको छ ।