FLASH NEWS

सत्ता समीकरणमा कुनै समस्या छैन: गृहमन्त्री लामिछाने


नेपाल आवाज ६ बैशाख २०८१, बिहीबार २१:१७ मा प्रकाशित ४४५ पाठक संख्या

काठमाडौँ । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भएको छलफलपछि संचारकर्मीहरुसँग कुरागर्दै सामान्य छलफल भएको र समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।

प्रदेशमा आफुहरुको सहभागिता नरहेकोले आफ्नो चासोको विषय नभएको बताउदै सुदूरपश्चिमको विषय मिलिसकेको उनले बताए । सहमतिमा गएको विषयमा व्यक्तिको विषयमा केहि कुरा उठेका बताउदै प्रदेशको विवादले केन्द्रमा कुनै विवाद नरहेको बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको विषयमा कुनै छलफल नभएको उनले बताए ।