FLASH NEWS

तीन दिनको चीन भ्रमणमा जादै अमेरिकी विदेशमन्त्री ब्लिन्कन


नेपाल आवाज ९ बैशाख २०८१, आईतवार १०:४३ मा प्रकाशित ३०७ पाठक संख्या

काठमाडौँ । अमेरिकाकी विदेशमन्त्री एन्टनी ब्लिन्कन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्कनले अप्रिल २४ देखि २६ अप्रिलसम्म चीनको भ्रमण गर्ने भएका हुन् ।


भ्रमणका क्रममा ब्लिन्कनले बेइजिङ र सांघाईमा चिनियाँ अधिकारीहरूसँग भेट गर्नेछन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ब्लिन्कनले चिनियाँ अधिकारीहरूसँग दुई देशबीचको सम्बन्धका बारेमा छलफल गर्नेछन् ।

यसबाहेक मध्यपूर्वमा जारी तनाव, रुस र युक्रेनबीच जारी युद्ध र दक्षिण चीन सागरका विषयमा पनि ब्लिन्केन र चिनियाँ अधिकारीबीच वार्ता हुनेछ ।