FLASH NEWS

चेन्नईमाथि लखनउको शानदार जित


नेपाल आवाज १२ बैशाख २०८१, बुधबार ०७:३१ मा प्रकाशित ३१३ पाठक संख्या

काठमाडौँ । इण्डियन प्रिमिय लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।


चेन्नईले दिएको २११ रनको लक्ष्य पछाएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लखनउको जितमा मार्कस स्टोइनिसले शानदार ब्याटिंग गर्दै अविजित १२४ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको चेन्नईले कप्तान रुतुराज गायकवाडको १०८ रनको शतकीय पारीको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो ।

यो जितपछि लखनउ ८ खेलमा ५ जित र ३ हारसहित १० अंक हासिल गरेर चौथो स्थानमा उक्लिएको छ । त्यसैगरी चेन्नईको भने ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।