FLASH NEWS

हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ


नेपाल आवाज १६ बैशाख २०८१, आईतवार १८:०१ मा प्रकाशित १०२१ पाठक संख्या

काठमाडौं, १६ बैशाख । फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने सुनिता लामिछाने रहेकी छन्।


उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीलीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुक मार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनि ठगी गर्नेगरेको उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौंको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट प्रहरीले  उनलाई पक्राउ गरेको हो।

उनले बागबजारमा झोइन्ट भिजन ट्राभल्स एण्ड टुर्स  सञ्चालन गर्दै गरेको पाइएको छ। उनलाई कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।