FLASH NEWS

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता


नेपाल आवाज १७ बैशाख २०८१, सोमबार १०:४९ मा प्रकाशित ५५९ पाठक संख्या

बझाङ। बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८३ मतको अग्रता लिएका छन्।


सिंह ९ हजार १ सय ६७ र नेकपा एमालेका दमन बहादुर भण्डारी ९ हजार ८४  मतका साथ कडा प्रतिस्पर्धामा छन्।

त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ५ सय ३५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ३ सय ४७ मत ल्याएका छन्।