FLASH NEWS

नेकपा एमाले पर्साको ९ औं जिल्ला अधिवेशन वीरगंजमा शुरु


नेपाल आवाज १७ बैशाख २०८१, सोमबार १५:४४ मा प्रकाशित १७११ पाठक संख्या

वीरगञ्ज, १७ बैशाख । नेकपा एमाले पर्साको ९औं जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको छ। वीरगञ्जको लालबंगलामा अधिवेशनको उद्घाटन सत्र सुरु भएको हो।


पर्सा जिल्ला संयोजक डा. विश्वम्भर शर्माको अध्यक्षता एवम् एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सुरु भएको छ।

उदघाटनसत्रमा एमालेका सचिव  योगेश भट्टराई, सांसद राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवकोटा,जुली महासेठ, लिला श्रेष्ठ, सुमन पोखरेल, संविधानसभाका सदस्य बिचारी यादव, मधेश प्रदेशका शिक्षा मन्त्री प्रमोद जयसवाल लगायतकाले शुभकामना मन्तव्य गरेका थिए। कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोज गुप्ताले गरेका थिए।