FLASH NEWS

बाघको आक्रमणबाट एक जना घाइते


नेपाल आवाज १७ बैशाख २०८१, सोमबार १९:१८ मा प्रकाशित ७६३ पाठक संख्या

नवलपुर । नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मध्यविन्दु–५ बाघखोरनिवासी ३० वर्षीय यमनारायण महतो माघको आक्रमणमा परी घाइते भएका हुन्।


जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका– ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको थियो।

घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। उनको मुख र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको छ।