FLASH NEWS

लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली


नेपाल आवाज १७ बैशाख २०८१, सोमबार १९:२२ मा प्रकाशित १४४७ पाठक संख्या

काठमाडौं। प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको हो।


झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।