FLASH NEWS

डढेलो बस्तीमा पस्दा एक जनाको मृत्यु


नेपाल आवाज २१ बैशाख २०८१, शुक्रबार ०९:०५ मा प्रकाशित ५५३ पाठक संख्या

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ।


बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की  ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

डढेलोका कारण बस्तीका दुई घर जलेका छन्। साथै ४८वटा पशु पनि आगलागीमा परेर मरेको रामेछाप प्रहरीले जनाएको छ।