FLASH NEWS

के बन्लान त सुनिल कमेडी च्याम्पियन ??


नेपाल आवाज ३० बैशाख २०८१, आईतवार १५:३३ मा प्रकाशित २३९५ पाठक संख्या

आहिले झाँक्रीको कमेडी भिडियो भाइरल भइरहेको छ । कमेडी च्याम्पियन सीजन ३ का अवल र विजेता दाबेदार  मानिएका सुनिल खड्काको झाँक्री क्यारेक्टरमा गरिएको प्रस्तुति चर्चा को शिखरमा छ। सुनिल खड्का काठमाडौंका स्थानीय बासिन्दा हुन् । दक्षिणकाली नगरपालिका वडा नं ९ निवासी सुनिल खड्का कमेडी च्याम्पियन सीजन ३ का एक उत्कष्ट प्रतियोगी हुन । उनले सुपर ३० बाट गोल्डेन ब्रजर प्राप्त गरी आफ्नो स्थान सुपर १६ मा सुरक्षित गरेका थिए  भने  सुपर १६ मा किसान को पीडा हस्यव्यंग्य  मार्फत प्रस्तुत गरी पर्फोमर अफ दि राउण्ड प्राप्त गरी उतकृष्ठ १० मा आफ्नो स्थान सुरक्षित गरेका थिए । उनले टप ६ सम्म आइपुग्दा ट्राफिक प्रहरी , विवाह , हुलाकी , स्थानीय कलाकारको भूमिका मा आफ्नो प्रस्तुति दिएका थिए । ट्राफिक प्रहरी र हुलाकी , हल्दार को प्रस्तुति निकै उत्कृष्ठ दिएका थिए जुन अहिले नी दर्शकमाझ निकै चर्चामा रहेको छ । उनले आफ्नो प्रस्तुति मार्फत सधैं POR को दाबेदारी दिँदै आएका छन् । उत्कृष्ट ६ मा उनले झाँक्रीको अभिनय  निकै रमाइलो संग निभाएका  थिए जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सुनिलले झाँक्रीको प्रस्तुति मार्फत POR पाएर उत्कृष्ठ ५ मा आफ्नो स्थान सुरक्षित गर्यक छन् । अब जङ्गली परिचय पत्र अर्थात ( Wild Card Entry ) मार्फत कमेडी च्याम्पियनले २ जन कमेडियन छनोट गरी उत्कृष्ठ ७ बाट कार्यकम अगाडि बढ्ने छ । सुनिलले उत्कृष्ठ ७ बाट आफ्नो यात्रा गर्नु पर्ने छ । कमेडी च्याम्पियनको ग्रान्ड फिनाले असारको दोस्रो हप्ता हुने जानकारी छ । दर्शकहरु ले आफ्नो मनपर्ने प्रतियोगीलाई खल्ती एप मार्फत भोट गर्न सक्नु हुनेछ ।