FLASH NEWS

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


नेपाल आवाज ३१ बैशाख २०८१, सोमबार ०७:५३ मा प्रकाशित ६३७ पाठक संख्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बनदेउ चौतारा सडकको जल्केनीमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।


विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र टिपर एकआपसमा अनियन्त्रित भई मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको हो।

बनदेउबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प. ९५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१-००६ ख. २७१६ नम्बरको टिपर जल्केनी मोडमा भेट हुँदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका-७ की इन्दिरा अधिकारी रहेकी छन्। उनी श्रीमान् सन्तोष दुलालले चलाएको मोटरसाइकलको पछाडि सवार थिइन्।

अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल लगिएको र अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मोटरसाइकल चालक सन्तोष घाइते छन्।

टिपर चालक चौतारा साँगाचोकगढी नगरपालिका-११ का मनोहरी गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।