FLASH NEWS

चिरायु नेशनल हस्पिटल एण्ड मेडिकलईष्टिच्युट र प्रभु बैंकबीच विशेष छुट सम्झौता


नेपाल आवाज ३१ बैशाख २०८१, सोमबार १३:१३ मा प्रकाशित ९५५ पाठक संख्या

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ ,बसुन्धरा स्थितचिरायु नेशनल हस्पिटल एण्ड मेडिकलईष्टिच्युट प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।


एक समारोहकाबिचचिरायु नेसनलहस्पिटल एण्ड मेडिकलईष्टिच्युटका हस्पिटल डाइरेक्टर श्री संजीव राजभण्डारी र प्रभु बैंककाप्रमुखबजार व्यवस्थापनअधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

छुट सुविधाप्राप्तगर्नकालागि बैंककाग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथाप्रिभलेज कार्ड मध्ये कुनै एकचिरायु नेसनलहस्पिटल एण्ड मेडिकलईष्टिच्युटमा पेश गर्नुपर्ने छ ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकलईष्टिच्युटरमा उपचार सेवा लिँदाअन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवाप्रदायकचिरायु नेसनलहस्पिटल एण्ड मेडिकलईष्टिच्युट ले केही दशक देखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आईरहेको छ ।स्वास्थ्य प्रति जागरुक नागरिकहरुको लागि चिरायु नेसनल हस्पिटल एण्ड मेडिकलईष्टिच्युटमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथाहालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानितप्रभु बैंकका नेपालभर ३०२ शाखाकार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुलनाराका साथमा बैंकिङ एवं वित्तीय सेवाप्रवाहगरिरहेको प्रभु बैंकले अत्याधुनिकप्रविधिमार्फत गुणस्तरीय सेवाप्रवाहगर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

समारोहमाप्रभु बैंककाबजार व्यवस्थापक, सबिन राणा, दीनाचित्रकार तथा चिरायु नेसनल हस्पिटल एण्ड मेडिकलईष्टिच्युटका व्यापार प्रवर्धन व्यवस्थापकको समेत उपस्थिति रहेको थियो ।