FLASH NEWS

कांग्रेस संसदीय दलको बैठक आज बस्दै


नेपाल आवाज १ जेष्ठ २०८१, मंगलवार ०७:५८ मा प्रकाशित ५१७ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।


कांग्रेसले संसदीय कार्यसमितिको बैठक सोमबार अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने बैठक स्थगित भएको थियो । अब बैठक आज संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ ।