FLASH NEWS

बर्षाले खेल रद्ध भएसँगै गुजरात प्लेअफबाट बाहिरियो


नेपाल आवाज १ जेष्ठ २०८१, मंगलवार ०९:२१ मा प्रकाशित ६२५ पाठक संख्या

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गएराती बर्षाले अवरोध गरेपछि गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीचको खेल रद्ध भएको छ ।


अहमदावादमा लगातार बर्षा भएपछि खेल रद्ध हुदा दुवै टिमले एक एक अंक बाडेका छन् । यो खेल रद्ध भएसँगै गुजरात प्लेअफको दौडबाट बाहिरिएको छ । १३ खेलमा ११ अंक रहेको गुजरातले अब आफ्नो अन्तिम खेल जिते पनि प्लेअफमा पुग्ने छैन ।

गुजरातले आफ्नो अन्तिम खेल आगामी विहिबार सनराइजर्स हैदरावादसँग खेल्ने छ । त्यस्तै कोलकोता नाइट राइडर्सको भने १३ खेलमा १९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । कोलकोताले अब आफ्नो अन्तिम खेल आगामी आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ ।