FLASH NEWS

राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी


नेपाल आवाज ३ जेष्ठ २०८१, बिहीबार ०७:०८ मा प्रकाशित ९१३ पाठक संख्या

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव  किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।


गएराती सम्पन्न खेलमा पञ्जावले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको लक्ष्य पछाएको पञ्जावले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । पञ्जावको यस सिजनमा यो पाँचौं जित हो । १३ खेलमा १० अंक रहेको पञ्जाव प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।

त्यस्तै राजस्थान रोयल्सको भने यो पाँचौ हार हो । राजस्थानले आफ्ना पछिल्ला चार खेलमा लगातार हार बेहोरेको छ । राजस्थानको १३ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । राजस्थान यसअघि नै प्लेअफमा भने छनौट भइसकेको छ ।