महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने बिशिष्ट चिसो मौसमले यस्लाई पुष्टि गर्दछ ।
यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई समेत वन्न सक्छ ।
किन भने विहारका जिल्लाहरुवाट यहाँ ३५ किलोमीटर मात्र दुरीमा छ भने मधेश प्रदेशको मध्यविन्दुमा पर्दछ । छोटो दुरीमा उच्च पहाडी जिल्लाको जस्तो हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाईने यो ठाउँ मधेश र विहारका मानिसहरुका लागि कम खर्चिलो समेत वन्ने देखिन्छ ।
बर्दिवास नगरपालिकाको खयरमारावाट ४ किलोमीटर मात्र माथी उक्लेपछी पाइने हावापानी वाहय र आन्तरिक पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण आधार वनेको छ ।
`जुनार र सुन्तला पनि याँहा पाईन्छ । त्यसो हुदा कत्ती चिसो हावापानी पाईन्छ भन्ने भनिरहनु नै परेन ।´ उधोग बाणिज्य संघ बर्दिवासका चौधरी महतोले भने ।` यो मधेशको दोश्रो भेडेटार जस्तै वन्न सक्छ ।´
प्रचण्ड गर्मी छल्ने उपयुक्त पर्यटकिय गन्तव्य वनाउन सकिने गतिलो आधार भएतापनी प्रचारप्रसारको अभावमा गुमनाम देखिएको चनौटे डाँडो अथाह पर्यटकिय सम्भावना बोकेर बसेको विविधतायुक्त विशेषताहरुले नै प्रमाणित गर्दछ ।
`प्रचुर सम्भावनाहरु वोकेर पनि ओझेलमा परिरहेको छ । सोही वडाका वडा अध्यक्ष गोपाल वलले भने । `गर्मी छल्न उच्च पहाडी जिल्लामा जाने तराईवासी र नजिकै सिमाना जोडिएको विहारका मानिसहरुलाई यतै रोक्न सकिन्छ ।´
यतिवेला मधेशमा अत्याधिक गर्मी छ । याँहाका मानिसहरु चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लाहरुमा जाने क्रम वढेको छ भने नजिकै सिमाना जोडिएको भारतको विहार प्रदेशका मानिसहरु गर्मी छल्न केहीदिनका लागि भएतापनी सिन्धुली, रामेछाप, दोलाखा जस्ता जिल्लाहरुमा वाक्लै जाने गरेको तथ्यांकले देखाउछ ।
औपचारिक मापन हुन नसकेतापनी स्थानियहरु यो ठाउँ मधेशको नै सर्वोच्च चुरे पहाड भएको दावी गर्छन । १० बर्षे जनयुद्ध हुर्काउन उर्वर भुमिकोरुपमा प्रयोग भएको यो ठाउँलाई माओवादीका पुर्व लडाकुहरुले अहिले पनि निक्कै श्रद्धाका साथ लिने गर्दछन । यसैकारणले यो ठाउँमा सहिद पार्कको पारम्भिक शिलान्यास गरिएको थियो । जस्लाई प्रधानमन्त्री प्रचण्ड स्वयम् पुगेर शिलान्यास गरेका थिए ।
स्थानियका अनुसार विकटताका कारण निर्माण सामाग्री पुर्याउन नसक्दा केही योजनाहरुमा अपुरा नै वने ।`नेपालको रुकुम, रोल्पा भनेर चिनिने यो ठाउँ जत्ती मनोरम छ त्यति नै ऐतिहासिक विरासत समेत वोकेको छ ।´ स्थानिय बिष्णु भण्डारीले भने । `मधेशको छोटो दुरीमा पाईने यो हावापानी वास्तवमा प्राकृतिक वरदान हो ।´
भौगोलिक भु-धरातल र फुसका घरहरुले निक्कै विकट लाग्ने यो ठाउँवाट पुरै तराई नियाल्न सकिन्छ । समुन्द्री सतहवाट झण्डै ७ सय मिटर उचाईमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्यू टावर पनि भन्ने गर्दछन । स्थानियका भनाईअनुसार दुई दशक अघिसम्म याँहा घनावस्ती थियो । विकटता कै कारण मानिसहरु बसाई सरेर कतिपय बर्दिवास पुगे भने कतिपय खयरमारा बजारतिर आएर वसे ।
औलो रोगवाट वच्न खयरमाराका मानिसहरु समेत यहीँ डाँडामा आएर बस्ने गरेको स्थानिय काजी वहादुर कार्की वताउछन ।
याँहावाट गौरिसंकर हिमालदेखी प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने मधेशका चुरे शृङ्खलाहरुलाई स्पष्ट दृश्यावोलोकन गर्न सकिन्छ । सिन्धुलीको गढी समेत देख्न सकिने यो ठाउँलाई कतिपयले दोश्रो गढीकोरुपमा समेत व्याख्या गर्ने गरेका छन ।
अचम्मलाग्दो त काहानिर छ भने यो ठाउँमा जुनार र सुन्तलाका बोटहरु देखिनु मधेशकोलागी सवैभन्दा अनौठो बिषय हो । उच्च पहाडी भेगमा पाईने सुन्तला, जुनार पाईनुले पनि याँहाको हावापानीलाई आफै प्रमाणित गरेको छ ।
पर्यटकिय गन्तव्यको खोजी अभियान अन्तर्गत बर्दिवास उधोग बाणिज्य संघको नेतृत्वमा सनिवार याँहा पुग्दा धेरै मानिसहरुले चनौटे डाँडालाई मधेशको हिमालकोरुपमा चित्रण गरे ।
उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले चनौटे डाँडा मधेशको महत्वपूर्ण पर्यटकिय गन्तव्य वन्न सक्ने र यस्लाई सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्ने वताए ।
उन्ले यो उचाईवाट दृश्यावोलकन गर्न सकिने मधेशका फाटहरु र चुरे शृङ्खला थप आकर्षण रहेको वताउदै बर्दिवास नगरपालिकाले प्रचारप्रसार र पर्वद्वनमा कार्ययोजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिए ।
बर्दिवास नगर सांस्कृतिक तथा पर्यटन पर्वद्वन समितिले पनि चनौटे डाँडाको विषयमा थप खोज र अनुसन्धान गर्ने प्रतिवद्वता जनाएको छ ।
समितिका अध्यक्ष हिरा गौतमले मधेश र विहारमा प्रचण्ड गर्मी कारण चिसोको खोजीमा रहेका आन्तरिक र वाहय पर्यटकको लागि चनौटे डाँडा महत्वपूर्ण रहेको वताउदै यस्लाई थप प्रचारप्रसार गर्ने वताए ।