FLASH NEWS

सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक


नेपाल आवाज ३ जेष्ठ २०८१, बिहीबार ०८:५० मा प्रकाशित ६०७ पाठक संख्या

काठमाडौँ । सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक भएको छ । साढे दुई मिनेटको यो ट्रेलरमा फुलेरा गाउँको राजनीति र प्रमुख सचिव अभिषेकको प्रेमकथाको झलक देख्न सकिन्छ ।


शोको यो नयाँ सिजनमा जम्मा ८ एपिसोड हुनेछन् । दीपक कुमार मिश्राले निर्देशन गरेको यो शृङ्खला मे २८ बाट प्राइम भिडियोमा स्ट्रिम हुनेछ ।

ट्रेलरमा एकातिर सचिवले गाउँमा भइरहेको बेकारको राजनीतिबाट जोगिएर पढाइमा ध्यान केन्द्रित गर्न खोज्दा अर्कोतर्फ फुलेरा गाउँमा पञ्चायतको निर्वाचन हुन लागेको देखाइएको छ । गत सिजन, विधायक साहेबले प्रधान जी र सचिवजीलाई समस्यामा पारेका थिए र उनीहरूको जागिर पनि खतरामा थियो । अब यो नयाँ सिजनमा बनरकस पनि यी दुबैको पछि लागेका छन् ।

हिन्दी बाहेक, पञ्चायत ३ तमिल, तेलुगु, मलयालम र कन्नडमा पनि प्रिमियर हुनेछ। सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय र सान्विका जस्ता कलाकारहरू देखिनेछन् । यसअघिका दुवै सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

ट्रेलरको लिंक- https://www.youtube.com/watch?v=9N3cFoLFjvw