FLASH NEWS

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै


नेपाल आवाज ४ जेष्ठ २०८१, शुक्रबार ०७:२१ मा प्रकाशित ६४९ पाठक संख्या

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । विहिबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।


सभामुखले जबरजस्ती बैठक संचालन गर्न खोजेपछि विहिबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो । कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय समितिको माग राख्दै संसदको अवरोध जारी राख्ने बताएको छ ।