FLASH NEWS

प्रधानमन्त्री र कांग्रेस नेताहरुको भेटवार्ता स्थगित


नेपाल आवाज ४ जेष्ठ २०८१, शुक्रबार २०:१२ मा प्रकाशित १०२७ पाठक संख्या

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ ।


संसदको अवरोध खुलाउने बारे प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री प्रचण्डको दाँतको चेकजाँचका लागि वीर अस्पताल जानु परेकाले निर्धारित छलफल स्थगित भएको बताइएको छ । आज स्थगित छलफल शनिबार बिहान हुने जानकारी दिइएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने अडान लिएपछि संसदका बैठक प्रभावित भएका छन् ।