काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक जारी रहेको छ । बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा बसिरहेको छ ।
कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन् । आजको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीसमेत सामेल छन् ।
आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफ्नो नाम समावेश गरेर कार्यादेश बनाउन संदेश दिएको नेता खनालले जानकारी दिएका छन् ।
यस अघि पनि पटक पटक कार्यदलको बैठक बसेको भएपनि संसदीय छनबिन समितिको कार्यदेशमा सहमति हुन सकेको छैन । कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा प्रमुख विवाद रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
?Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।
Comments / प्रतिक्रिया
Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.
प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।
Loading comments… / प्रतिक्रिया लोड हुँदैछ…
The comments could not be loaded. Open the comments