काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् । आज ११ बजे बस्ने भनिएको बैठक दलहरुबीच सहमति हुन नसकेपछि अन्योलमा परेको छ ।
आज बसेको कार्यदलको बैठकमा पनि संसदीय समितिको कार्यादेश बारे सहमति जुट्न नसकेपछि संसदको बैठक प्रभावित हुने देखिएको छ । कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ ।