FLASH NEWS

संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको योगेशको टिप्पणी


नेपाल आवाज ८ जेष्ठ २०८१, मंगलवार १४:११ मा प्रकाशित ४२७ पाठक संख्या

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् ।


प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै संसदीय समितिसँग  साधन स्रोत पनि नहुने बताउदै कांग्रेस यो माग गरेर फसेको बताएका छन् । उनले संसदीय समिति भन्दा न्यायिक समिति माग गरेको भए सहि हुने बताएका छन् ।

उनले गृहमन्त्रीमाथि छानबिन नै नहुदै दोषी ठहर गर्न नहुने भन्दै छानबिन शुरु भएपछि सम्बन्धित सबैसँग बयान लिने कार्य  हुने बताए । उनले कांग्रेस एक कदम पछि हटेर संसद अवरोध गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।