FLASH NEWS

कति पुग्यो आज सुनचाँदीको मुल्य ?


नेपाल आवाज ९ जेष्ठ २०८१, बुधबार ११:०० मा प्रकाशित ६७९ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भैइरहेको छ ।


त्यसै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भैइरहेको छ । यसअघि मंगलबार सुन तोलामा १ लाख ४० हजार ६०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९००  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।