FLASH NEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घण्टा बन्द


नेपाल आवाज ११ जेष्ठ २०८१, शुक्रबार १६:५८ मा प्रकाशित ५२३ पाठक संख्या

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच उप्किएपछी विमानस्थल झन्डै एक घन्टा अवरुद्ध भएको छ ।


विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार, धावनमार्गको चार्ली र डेल्टा ट्याक्सीवे सेक्सनको मध्यभागमा अलकत्रा र गिट्टी उप्किएपछि उडान बन्द गरिएको थियो ।

धावनमार्गमा अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं विमानस्थलले सबै उडान रोकेको हो । मर्मतपछि अहिले भने विमानस्थल सञ्चालनमा आएको छ ।