FLASH NEWS

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश


नेपाल आवाज ११ जेष्ठ २०८१, शुक्रबार १९:०२ मा प्रकाशित ७४५ पाठक संख्या

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।शुक्रबार जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।


न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले अध्यक्ष सिरोहियामाथी लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मको समय दिएको छ ।यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेर धनुषा लगेको थियो ।