FLASH NEWS

अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ


नेपाल आवाज १२ जेष्ठ २०८१, शनिबार ०७:४८ मा प्रकाशित १२९१ पाठक संख्या

विराटनगर ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ मिलिग्रामसहित भारत बिहार अररिया थाना फारबिसगंज बस्ने २२ वर्षीय मुजमिल अन्सरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।