FLASH NEWS

नारायणगढ–मुग्लिन सडकमा पहिरो, डोजर चालकको मृत्यु


नेपाल आवाज १३ जेष्ठ २०८१, आईतवार ११:३१ मा प्रकाशित ६२५ पाठक संख्या

मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ ।


सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ ।

आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको  मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो ।  पहिरोले मेसिनमा पनि क्षति पुगेको छ भने । अहिले सडक भने सञ्चालनमा आएको छ ।