FLASH NEWS

आज कति छ सुनचाँदीको मुल्य ?


नेपाल आवाज १३ जेष्ठ २०८१, आईतवार ११:३४ मा प्रकाशित ७३९ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदै छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भैइरहेको छ ।


यसअघि शुक्रबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।