FLASH NEWS

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?


नेपाल आवाज १४ जेष्ठ २०८१, सोमबार १५:०७ मा प्रकाशित ५५९ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भैइरहेको छ ।


यसअघि आइतबार सुन तोलामा १ लाख ३६ हजार ९०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँ थियो ।त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।