FLASH NEWS

कांग्रेसले बोलायो संसदीय दलको बैठक


नेपाल आवाज १५ जेष्ठ २०८१, मंगलवार ०८:०६ मा प्रकाशित ३८५ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज आउन लागेको बजेटका विषयमा छलफल गर्न आज बिहान ११ बजे कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।


बैठक संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

हाल सरकार संसदीय छानबिन समिति बनाउन तयार भएपनि यसको कार्यादेशको विषयमा सहमति बनेको छैन ।