FLASH NEWS

संसदको संयुक्त बैठकमा बजेट वक्तव्य शुरु


नेपाल आवाज १५ जेष्ठ २०८१, मंगलवार १५:२७ मा प्रकाशित ४६३ पाठक संख्या

काठमाडौँ । संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु भएको छ । केहि बेर अघि शुरु भएको संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण शुरु गरेका हुन् ।


यस अघि आजै बसेको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो । हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने वाध्यकारी संवैधानिक व्यवस्था छ।