FLASH NEWS

फार्महाउस होटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता


नेपाल आवाज १६ जेष्ठ २०८१, बुधबार १५:१३ मा प्रकाशित ७९९ पाठक संख्या

पोखरा । आन्तरीक तथा बाहृपर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु माझलोक प्रिय गन्तब्य, हिमालपारीको जिल्ला मनाङमाअवस्थित फार्म हाउस होटल रप्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।


मिति २०८१।०२।११गते एक समारोहका बीच फार्म हाउस होटल तर्फ बाट प्रोपाइटर समराज गुरुङ्ग,  र प्रभु बैंक लिमिटेडतर्फ बाट, बैंकका प्रमुख कार्यकारीअधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना रमनोरञ्जन लगायतका सेवाहरुमा बिशेष छुट प्राप्त गर्न सक्ने छन ।

एग्रो मनाङ प्रा.ली.द्धारा संचालीत फार्म हाउस होटल बिगत पाँच बर्ष देखी संचालनमाआएको मनाङ जिल्ला कै सुबिधा सम्पन्नहोटलको रुपमा परिचित पाइन्छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हाल सालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३०२शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरु लाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं”मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।