FLASH NEWS

तापक्रममा ‘रेकर्ड ब्रेक’ नेपालगञ्जमा ४४.२ डिग्री


नेपाल आवाज १८ जेष्ठ २०८१, शुक्रबार ०७:४० मा प्रकाशित ७६९ पाठक संख्या

काठमाडौं । नेपालगञ्जमा यस वर्षकै तापक्रममा ‘रेकर्ड ब्रेक’ ४४ दशमलव दुई डिग्री मापन गरिएको छ । बिहिबार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम मापन हुँदा त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।


यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । त्यस्तै, बिहिबार विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ ।

काठमाडौं र पोखरामासमेत तापक्रम बढिरहेको छ । पोखरामा ३४ र काठमाडौंमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ ।