FLASH NEWS

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


नेपाल आवाज १८ जेष्ठ २०८१, शुक्रबार १६:२१ मा प्रकाशित ६८५ पाठक संख्या

काठमाडौँ । बर्दिया, बढैयाताल गाउँपालिका-५ खैसास्थित माछा पोखरीको डिलमा रहेको झुपडीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय राजु सुनार समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ६ सय ८५  रूपैयाँ, ३४ बुक तास र ६५ वटा कौडासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।