FLASH NEWS

भारतबाट ल्याइएको ३४०० किलो धान रौतहटमा बरामद


नेपाल आवाज १८ जेष्ठ २०८१, शुक्रबार १६:२४ मा प्रकाशित ७८१ पाठक संख्या

रौतहट- रौतहट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको धान बरामद गरेको छ। बिहीबार बिहान प्रहरीले इशनाथ नगरपालिका-४ बाट ३४०० किलो धान बरामद गरेको हो।


राजपुर नगरपालिका-६ का ४२ वर्षीय अमर साहले भारतबाट भन्सार छलेर ल्याएको उक्त परिमाणको धान बरामद गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन्।

७९० बोरामा रहेको उक्त धानको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको गिरीले बताइन्। धानसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय बुझाइएको छ।