FLASH NEWS

कस्तो छ आजको मौसम ?


नेपाल आवाज २० जेष्ठ २०८१, आईतवार ०६:५४ मा प्रकाशित ६३७ पाठक संख्या

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।


हाल कोशी,वाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहेको छ।

कोशी,वाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरी सहित हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ |

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी र बाग्मती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशको थोरै स्थानहरुमा तथा  बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।